१२ असार २०८३, शुक्रबार

विमान दुर्घटनाः खोज र उद्धार कार्य सुरु हुँदै

विमान दुर्घटनाः  खोज र उद्धार कार्य सुरु हुँदै

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । रातको समयमा रोकिएको खोज र उद्धारको काम आइतबार बिहानैदेखि पुनः गर्न लागिएको हो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोज र उद्धार कार्य जारी राखेका हुन् । 

यस्तै दुर्घटनामा  निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । 

    पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको सहायक प्रजिअ शाहीले जानकारी दिए । अन्यको खोजीकार्य जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्