३२ असार २०८३, बिहीबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, भोलि १० बजे बस्ने

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित, भोलि १० बजे बस्ने

आज सोमबार बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आज सरकारले राष्ट्रिय शोक मनाउन सार्वजनिक विदा दिएकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक भोलि बिहान १० बजे बस्नेछ । 

राष्ट्रिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाटले जानकारी दिए । प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरी स्थगित गरिएको छ । आज बस्ने भनिएको बैठकबारे दलका नेताहरुबीच भएको छलफलपछि भोलिका लागि सारिएको हो । 

लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्