०१ साउन २०८३, शुक्रबार

भारतमा गोर्खाल्यान्ड आन्दोलन पुनः चर्किने संकेत

माघ २, २०७९
भारतमा गोर्खाल्यान्ड आन्दोलन पुनः चर्किने संकेत

भारतको पश्चिम बंगालमा गोर्खाल्यान्ड आन्दोलन पुनः चर्किने संकेत देखिएको छ । 

हाम्रो पार्टीका अजय एडवर्ड्स, गोरखा जनमुक्ति मोर्चा पार्टीका विमल गुरुङ र अर्का नेता विनय तामाङले बेग्लै गोर्खाल्यान्ड राज्यको माग उठाइरहेका छन् । उनीहरूले यस मागलाई सशक्त बनाउनका लागि गोर्खा स्वाभिमान मञ्च बनाएका छन् । 

तामाङले तीन साताअघि तृणमूल कांग्रेस छोडेका थिए । 

अनित थापाको नेतृत्वमा रहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तथा तृणमूल कांग्रेसबीच भएको गठबन्धनको विरोध गर्न अनि बेग्लै गोर्खाल्यान्ड राज्यको मागलाई पुनर्जीवित गर्न यो मञ्च बनाइएको तीनैजना नेताले प्रत्यक्ष वा परोक्ष रूपमा बताएका छन् । 

यस मुद्दामा सबभन्दा अग्रपंक्तिमा विमल गुरुङ छन् । उनले शान्तिपूर्ण तथा लोकतान्त्रिक तरिकाले पुनः आन्दोलन थाल्ने बताएका छन् । 

अजय एडवर्ड्सले गोर्खाल्यान्ड आन्दोलन बौद्धिक तरिकाले गरिने बताएका छन् । पहाडीहरूलाई आफ्ना मागमा दृढ रहनु आवश्यक रहेको उनको भनाइ छ । 

त्यस्तै विनय तामाङले नयाँ मञ्च गोर्खा समुदायको रक्षाका लागि बनाएको बताएका छन् । समुदायका मानिस स्वामिमानका साथ जिऊन् र गोर्खाल्यान्ड आन्दोलनमा एकजुटता देखआऊन् भन्ने उद्देश्य लिएको बताए । 

अनित थापा चाहिँ नयाँ मञ्चलाई धेरै महत्त्व दिन चाहँदैनन् । आफूहरूलाई बदनाम गर्न मञ्च बनाइएको उनको भनाइ छ । 

उत्तर बंगाल र उत्तरपूर्वी भारतीय राजनीतिकी विशेषज्ञ निर्मला बनर्जीका अनुसार, विपक्षी नेताहरू एउटै मञ्चमा आउनु स्वाभाविक भएको बताइन् । स्थायी राजनीतिक समाधान गोर्खाल्यान्ड राज्य नबनुन्जेल प्राप्त नहुने निष्कर्ष पहाडीहरूले निकालेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्