०५ साउन २०८३, मंगलबार

कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, ग्राहकलाई उपचारमा छुट

कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, ग्राहकलाई उपचारमा छुट

आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख श्री अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री हरिशरण रिजालले हस्ताक्षर गरे।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

आगामी दिनहरूमा पनि कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइरहने जनाएको छ ।

आफ्ना देशव्यापी २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरू प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्