टिकटकर पवित्रा शाकी अर्थात मिस पबिको अभिनय रहेको नयाँ म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
तीन साताअघि सार्वजनिक ‘जुम्ला’पछि उनको अभिनय रहेको ‘संग संगै’ बोलको गीत सार्वजनिक भएको हो ।
माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको यो गीतमा चर्चित गायक–गायिका प्रताप दास र अनु चौधरीले स्वर दिएका छन् ।
एलपी शर्मा र रोहित देउवाको संयुक्त रुपमा गीतका शब्दहरु लेखेका हुन् । गीतमा रोहित देउवाकै संगीत छ ।
गौरव गिरीको कथा एवं निर्देशनमा तयार भिडियोमा मिस पबिका साथमा अभिनेत्री सञ्चिता लुइँटेल, एलपी शर्मा, भद्रजंग कुवँर लगायतको अभिनय छ ।
निर्देशकले धनी र गरिब दुई जोडीको प्रेमकथालाई रोचक तरिकाले भिडियोमा प्रस्तुत गरेका छन् ।
अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोलाई बलभद्र कुवँरले सम्पादन गरेका हुन् ।