
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी भइरहेको बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार बालकोटमा भएको ‘लन्च मिटिङ’पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका हुन् । आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गरी नयाँ मन्त्रीलाई मंगलबार शपथ गराउने तयारी रहेको स्रोतले बतायो ।
पुस १० प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ मा तीन उपप्रधानमन्त्रीसहित चार जना विनाविभिागीय मन्त्रीसहित क्याबिनेट बनाएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उपप्रधानसहित सरकारमा सहभागी गराउने गठबन्धनको तयारी छ ।