१२ साउन २०८३, मंगलबार

जाँचबुझ समितिले बुझाएका प्रतिवेदनको सार्वजनिक गरियोस् : प्रकाशशरण महत

जाँचबुझ समितिले बुझाएका प्रतिवेदनको सार्वजनिक गरियोस् : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले छानबिन समितिको निष्कर्ष आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताएका छन्। 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति उनले दुःख व्यक्त गर्दै यस्ता घटनाहरू पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

समितिले बुझाएका प्रतिवेदनहरूको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरूको पुनरावृत्ति भइरहेको बताए। अहिलेसम्म भएका विमान दुर्घटनाहरू किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको उनले बताए।

उहाँले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने उनको भनाइ थियो। जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने उनले बताए। 

प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चित गर्न र मुखले नभई कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताए। 

salt training

कमेन्ट गर्नुहोस्