२८ जेठ २०८३, बिहीबार

गृहमन्त्री लामिछानेको निर्देशनमा अभिषेक गिरीलाई भीमफेदी लगियो

गृहमन्त्री लामिछानेको निर्देशनमा अभिषेक गिरीलाई भीमफेदी लगियो

मोरङ कारागारमा रहेका अभिषेक गिरीलाई मकवानपुरको भीम फेदी कारागार स्थानान्तरण गरिने भएको छ ।

उनीमाथि कारागारमा आतंक मच्चाएको आरोप लाग्ने गरेको छ । गिरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन्। गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई स्थानान्तरण गर्न लागिएको  कारागार प्रशासनले जनाएको छ ।

मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतले स्थानान्तरण गर्न सुरक्षा निकायसँग पनि समन्वय भइरहेको बताए ।  भगतले गिरीको सरुवासँग समबन्धित पत्र भने कार्यान्वयनतर्फ गइसकेको जानकारी दिए ।

तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो । रातारात मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिएपछि गिरीले आतंक सिर्जना गर्दै कारागारभित्र आतंक मच्चाउने गरेको आरोप छ ।

गिरीलाई प्रवेश गराउनुअघि मोरङ कारागारको अवस्था तनावपूर्ण बनेको थियो । कैदी बन्दी गिरीको विरोधमा उत्रिएका थिए ।

सरकारकै सहयोगमा कारागार छिरेर आतंक मच्चाउन थालेसँगै गिरीविरुद्ध बोल्ने र उनको विरोध गर्ने आँट कसैले गर्न सकेनन् ।

त्यति बेला उनलाई मोरङ ल्याउनकै लागि चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारसहितका कैदीलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

त्यसअघि २०७८ असोज १८ गते गिरीको सहजताका लागि चौकीदार नवीन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो ।

गिरीकै योजना र कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा गुरुङसहित ६ जना कैदी बन्दी घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्