२४ जेठ २०८३, आइतबार

खुल्ला कविता प्रतियोगितामा धरानका विश्वकर्मा प्रथम

खुल्ला कविता प्रतियोगितामा धरानका विश्वकर्मा प्रथम

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा प्रथम भएका छन् । १४ औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरका स्रष्टाहरुलाई भाग लिन आह्वान गरिएको थियो । 

देशभरबाट प्राप्त ८७ वटा कवितामध्ये उत्कृष्ट १२ कवितालाई छनौट गरेर सोमबार स्रस्टाबाटै कविता वाचन गराएर प्रतिस्पर्धा गराइएको थियो । छनौटमा परेका ११ जना स्रष्टालाई पछि पार्दै धरानका विश्वकर्माले २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । सो प्रतियोगितामा विश्वकर्माले ‘एक भेट भरियासँग’ शीर्षकको कविता वाचन गरेका थिए । 

प्रतियोगितामा बाराका स्रस्टा अभिषेक ओझा दोस्रो भएका छन् । ओझाले वाचन गरेको ‘वृद्धाश्रमबाट आएको चिठी’ शीर्षकको कविता दोस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार हात पारे । त्यसैगरी, प्रतियोगितामा कास्कीका स्रस्टा रोशन तिमिल्सिना तेस्रो भएका छन् । ‘लालामीको सूचना’ शीर्षकको कविताले तेस्रो स्थान हासिल गर्दै तिमिल्सिनाले १० हजार रुपैयाँ पुरसकार प्राप्त गरेका छन् । 

सो प्रतियोगितामा सप्तरीकी स्रस्टा रोमा लम्साल नुरा तथा चितवनका लालकाजी श्रेष्ठले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । लम्सालको ‘पसिनाको अक्षरमा देश’ तथा श्रेष्ठको ‘विश्वास’ शीर्षकको कविताले प्रोत्साहनस्वरुप नगद पाँच पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगिताको निर्णयकमा समालोचक डा. धनेश्वर भट्टराई, डा. केशवराज चालिसे र साहित्यकार सुरेन्द्र अस्तफल रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्