
सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १०० पुगेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।
मंगलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३९० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।