०५ साउन २०८३, मंगलबार

वर्षमानलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

वर्षमानलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तलाई भेट्न अस्पताल पुगेका छन् ।

वर्षमान अस्वस्थ भएपछि शनिवार सुमेरु अस्पतालमा भर्ना भएका थिए । गृहजिल्ला रोल्पा पुगेका वर्षमान एक्कासि अस्वस्थ भएपछि हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

जन्डिससहित विभिन्न स्वास्थ्य समस्या झेल्दै आएका वर्षमान अस्वाभाविक रूपमा पेट फुल्न थालेपछि अस्पताल भर्ना भएका हुन् ।

मंगलवार अस्पतालमा पुगेका प्रचण्डले वर्षमानलाई भेटेर स्वास्थ्य समस्याबारे जानकारी लिए ।

salt training

कमेन्ट गर्नुहोस्