१० साउन २०८३, आइतबार

चुनावका बेला शेरधनले एक थान सांसद चाहिन्न भनेर कटाक्ष गरेका मन्त्री सुदन

माघ ३, २०७९
चुनावका बेला शेरधनले एक थान सांसद चाहिन्न भनेर कटाक्ष गरेका मन्त्री सुदन

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रदेश १ कै सबैभन्दा रोचक चुनावी प्रतिस्पर्धा भएको थियो, भोजपुरमा । 

प्रतिनिधिसभामा प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई र बहालवाला सांसद सुदन किराँती प्रतिस्पर्धी थिए भने प्रदेशसभामा बहालवाला मुख्यमन्त्री राजेन्द्र राई पनि चुनावी मैदानमा भएकाले रोचक बनेको थियो ।

शेरधनले भोजपुरलाई एक थान सांसद नभई मन्त्री चाहिएको भन्दै भोट माग्ने गरेका थिए । सुदनले जनताको काम गर्ने प्रतिनिधि चाहिन्छ, गफ गर्ने व्यक्ति चाहिँदैन भन्थे ।

निर्वाचनको समयमा भोजपुरको चुनावी सभालाई सम्बोधन गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा हालका प्रधानमन्त्री प्रचण्डले सुदन किराँतीलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

त्यही सभास्थलनजिकै बम विस्फोट समेत भएको थियो । एमालेविरुद्धकै प्रतिस्पर्धामा चुनाव जितेका सुदन एमालेसहितकै सरकारमा मन्त्री बनेका छन् ।

उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका थिए । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा शेरधनले २६ हजार १९३ मत प्राप्त गरेका थिए ।

किराँती २०६४ साल र २०७४ सालमा पनि निर्वाचित भएका थिए । उनै किराँतीलाई राईले ०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित गरेका थिए । 

किराँतीले मंगलवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्