०५ साउन २०८३, मंगलबार

‘प्रेम गीत’ निर्माताले गरे साम्राज्ञीप्रति गुनासो

‘प्रेम गीत’ निर्माताले गरे साम्राज्ञीप्रति गुनासो

चलचित्रमा अभिनय गर्ने तर त्यसको प्रचार–प्रसारमा साथ नदिने गरेको आरोप कलाकारहरूले सुन्दै आएको धेरै भइसकेको छ ।

पछिल्लो समय यस्तो आरोप अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि लागेको छ । 

यतिबेला उनको चलचित्र ‘तिम्रो मेरो साथ’ हलमा प्रदर्शनरत छ । तर, उनी आफ्नो आगामी चलचित्र ‘ह्यारीकी प्यारी’ टिमसँग मोफसल टुरमा छिन् । 

‘तिम्रो मेरो साथ’को सोमवार बेलुका राजधानीमा विशेष शो समेत आयोजना गरिएको थियो, जहाँ साम्राज्ञी उपस्थित थिइनन् । 

यस्तोमा सम्बन्धित निर्माण टिमले मात्र होइन्, अन्य चलचित्रकर्मीलेसमेत साम्राज्ञीप्रति गुनासो गर्न थालेका छन् ।

‘प्रेम गीत’ फ्रेम्ड निर्माता सन्तोष सेनले पनि साम्राज्ञीप्रति गुनासो गरेका छन् । लगानी फिर्ता हुने ग्यारेन्टी नहुँदा नहुँदै पनि ठूलो चुनौती मोलेर चलचित्र निर्माण गर्ने गरिएको बताउँदै उनले साम्राज्ञीलाई लक्षित गर्दै भनेका छन्, ‘कम्तिमा प्रदर्शनको २/३ दिन त साथ दिनुपर्छ । चिन्तित हुनुपर्छ ।’ 

उनले एउटा चलचित्रमा वर्षौको समय र करोडौं लगानी हुने बताउँदै अन्तिम साससम्म आश हुने पनि बताएका छन् । 

उनले जोकोही आत्मरतिमा रमाउन भन्दा पनि सिंगों क्षेत्रलाई अगाडि लिएर जानु पर्छ भन्ने सोँच पाल्न समेत आग्रह गरेका छन् । 

यस्तो छ उनको स्टाटस्

एउटा चलचित्र हलसम्म आईपुग्दा ४-५ सय जना मानिसको दिमागसँगै मेहनत लाग्ने गर्छ । करोडौं लगानीदेखि वर्षौको समय लगानी भएको हुन्छ ।

अन्तिम साससम्म आश हुन्छ भन्छन, तर यहाँ जन्माएर अलपत्र छाडेर जाने कलाकार त्यो पनि मुख्य केन्द्रमा रहेका कलाकार ! हाम्रो चलचित्र उद्योग बामे मात्र सर्दैछ, हिँड्न सकेको छैन । कसैले फूर्ति नलगाए पनि हुन्छ । लगानी आउने ०.५ % ग्यारेन्टी नहुँदा/नहुँदै चुनौती मोलेको अवस्थामा कम्तीमा प्रदर्शनको २-३ दिन त साथ दिनुपर्छ, चिन्तित हुनुपर्छ । आत्मरतिमा रमाउनुभन्दा पनि सिंगो क्षेत्रलाई अगाडि लिएर जानुपर्छ भन्ने सोच पालौँ ।

salt training

कमेन्ट गर्नुहोस्