०९ साउन २०८३, शनिबार

२१ दिनपछि देउवा बालुवाटारमा

२१ दिनपछि देउवा बालुवाटारमा

प्रधानमन्त्रीको सरकारी निवास छाडेको २१ दिनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन देउवा मंगलवार बालुवाटार गएका हुन् ।

देउवा पुस १२ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेर धुम्बाराहीस्थित एक निजी घरमा सरेका थिए ।

सभामुखको निर्वाचन लगायत विषयमा छलफल गर्न प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलका नेताहरू सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू बैठकमा सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्