१६ असार २०८३, मंगलबार

हवाई सेवालाई सुरक्षित बनाउन मानवअधिकार आयोगको आग्रह

हवाई सेवालाई सुरक्षित बनाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले हवाई दुर्घटनाबाट नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थाप्रति संवेदनशील बन्दै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आग्रह गरेको छ ।
      
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनद्वारा निर्धारित मापदण्ड एवं सिफारिसको कार्यान्वयनमा जोड दिन आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
      
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र हवाई दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उपयुक्त राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न/गराउन र सहजरूपमा बीमा रकम उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।
      
माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको चालक दलसहित ७२ जना सवार जहाज कास्कीको पोखरामा दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको र २ जनाको अवस्था अझै अज्ञात रहेको घटनाप्रति आयोग गहिरो दुःख व्यक्त गरेको छ । आयोगले संकटको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दै समवेदना प्रकट गरेको छ ।
     
हवाई दुर्घटनाका कारण व्यक्तिको जीवनको अधिकार गुम्न गएका घटनाहरूको आयोगले विभिन्न माध्यमबाट अनुगमन गर्दै आइरहेको छ । मानवीय क्षतिको दृष्टिकोणले दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै सबैभन्दा ठूलो रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ मा हवाई उडानलाई नियमन गर्ने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्