
जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक मंगलबार बसेको छ । पार्टी कार्यालयमा बसेको उक्त बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको छ ।
संयन्त्रले जसपालाई २ मन्त्रालय दिने बताएपनि सो पार्टीले त्यसलाई अस्वीकार गर्दै सरकारमा सहभागी भएको थिएन । संसदीय दलको अर्को बैठक बुधबार दिनको १ बजे सिंहदरबारमा बस्ने प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उक्त बैठकले समसामयिक विषयमा पार्टीले आफ्नो धारणा बनाउने उनले बताए ।