०५ साउन २०८३, मंगलबार

अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद

माघ ३, २०७९
अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद

अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन्।
गत महिनामा विभिन्न किसिमका हतियार ७०३ थान र एक हजार २०० भन्दा बढी विभिन्न प्रकारका गोलीहरू कुनार प्रान्तका विभिन्न भागहरूबाट सङ्कलन गरिएको  रेज्वानले सिन्ह्वालाई बताएका छन् ।
विभिन्न व्यक्तिहरूबाट हतियार र गोलाबारुद सङ्कलन गरी सोमबार यहाँ सुरक्षा अधिकारीहरूलाई हस्तान्तरण गरिएको उनले बताए।

अफगानिस्तानमा सुरक्षा स्थायित्व गर्ने प्रयासस्वरूप तालिबानद् प्रशासनले सुरक्षा निकाय सम्बद्ध व्यक्तिहरू बाहेक अरुबाट हतियार र गोलाबारुद सङ्कलन गरिरहेको  छ ।

salt training

कमेन्ट गर्नुहोस्