१० साउन २०८३, आइतबार

सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएका सशस्त्रका जवानविरुद्ध आरोपपत्र दायर

सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएका सशस्त्रका जवानविरुद्ध आरोपपत्र दायर

सीमानाकाबाट सामान खरिद गरेर ल्याउन सहज बनाइदिने नाममा पक्राउ परेका सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

नवलपरासी नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) महेशपुर सीमा नाकाका सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत जवान देवान सेवाग्राहीसँग घुसबापत ७ हजार रुपैयाँसहित गएको मंसिर ९ गते पक्राउ परेका थिए।

सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुसरकमसहित मंसिर ९ गते नियन्त्रणमा लिइएको थियो।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कसुर भएको अख्तियारको दाबी छ। जवान देवानसँग ७ हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनबमोजिम कैद सजाय माग गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्