२३ असार २०८३, मंगलबार

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै
फाइल फोटो

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शुक्रवार विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार शुक्रवार बस्ने प्रदेशसभा बैठकबाट शर्माले विश्वासको मत लिन मंगलवार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।

प्रदेश सभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार शुक्रवार बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि शुक्रवारै दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान हुनेछ ।

प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० तथा नेकपा एकीकृत समाजवादी र राप्रपाका १–१, नेपाली कांग्रेसका १४ र १ स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्