
पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको छ।
रोल्पा पुगेका पुन अस्वस्थ भएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
आजै दिउँसो उनलाई भेट्न स्वास्थ्यमन्त्रीलगायत टोली अस्पताल पुगेको थियो। अस्पतालमा एक साता राखिएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको उनको निजी सचिवालयले जनाएको छ।
वंशाणुगत जन्डिस रोगका कारण पीडित नेता पुन गत पुस ३० गतेदेखि उपचाररत थिए।