
कांग्रेसले उपसभामुखको निर्वाचनमा आफ्नो दलका उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै ७ माघमा हुने उपसभामुखको निर्वाचनमा उपस्थित हुन, तटस्थ नरहन र यादवलाई मतदान गर्न ह्वीप जारी गरेका हुन् । सत्ता गठबन्धनकी उम्मेदवार इन्दिरा रानाको विपक्षमा मतदान पनि आग्रह गरिएको छ ।
सभामुखमा एमालेका देवराज घिमिरेसँग कांग्रेसकी ईश्वरी न्यौपाने पराजित भएकी थिइन् । सभामुखमा पराजय भोगेपछि कांग्रेसले उपसभामुखमा सरकारमा नरहेका दललाई अघि सार्न खोजे पनि सहमति जुटाउन सकेको थिएन । यसैले आफ्नै सांसद यादवलाई अघि सारेको हो ।