
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ।
राजदूत श्रीवास्तव मन्त्री किरातीलाई भेट्न मन्त्रालय पुगेका थिए। भेटमा जदूतसमक्ष थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले बताए।
बाराको सिमरामा नेपालको एक मात्र हवाई मार्ग हो। मन्त्री किरातीको प्रस्तावमा राजदूत श्रीवास्तवले सकारात्मक हुने बताएका पनि मन्त्री किरातीले जनाएका छन्।