२६ जेठ २०८३, मंगलबार

विद्युतीय धरापमा परेर दुई वटा गैँडाको मृत्यु

विद्युतीय धरापमा परेर दुई वटा गैँडाको मृत्यु

काठमाडौँ । विद्युतीय धरापमा परेर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुई वटा गैँडाको  मृत्यु भएको छ । मृत फेला परेका गैँडा एउटा माउ र अर्को बच्चा रहेका छन् । 

निकुञ्ज प्रशासनका अनुसार अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक शुक्रबार दिउँसो अन्दाजी ४ वर्ष उमेरको एक सिंगे गैँडा मृत फेला परेको छ । यसैगरी सोही स्थानमा अन्दाजी १४ वर्षको माउ गैँडा पनि मृत फेला परेको हो । घटनास्थलमा गैँडाको खाग भेटिएको छैन । 

 चोरी शिकारी भएको आशंकासहित निकुञ्ज कार्यालयबाट थप अनुशन्धान भैरहेको जनाइएको छ । यससँगै निकुञ्जमा  चालु आर्थिक वर्षमा मृत्यु हुने गैडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्