१२ असार २०८३, शुक्रबार

खाग निकालिएको अवस्थामा नवलपुरमा दुई गैंडा मृत फेला

खाग निकालिएको अवस्थामा नवलपुरमा दुई गैंडा मृत फेला

नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेका छन्। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ । निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताए। 

स्थानीयवासीका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ । अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्