२२ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्यानलका उम्मेदवार राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

शुक्रवार भएको २९औं साधारणसभा तथा अधिवेशनबाट भण्डारी अध्यक्ष निर्वाचित भएका हुन् । संघ वैदेशिक रोजगार व्यवसायीको छाता संगठन हो ।

संघको निर्वाचनमा ४ प्यानल प्रतिस्पर्धामा रहेपनि भण्डारी प्यानल बहुमतसहित विजयी भएको निर्वाचन परिचालक कमिटीका ललितपुर संयोजक तथा मञ्चका सल्लाहकार शुक्र पाख्रिनले जानकारी दिए ।

मञ्चको प्यानलबाट प्रथम उपाध्यक्षमा दिकबहादुर खत्री, द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवालसहित ९ जना निर्वाचित भएका छन् । संघको कार्यसमिति १७ सदस्यीय छ ।

नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलबाट महासचिवमा भोजराज भुसाल र सचिवमा कर्ण कटुवालसहित ७ जना निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चबाट १ जना निर्वाचित भएका जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्