३० जेठ २०८३, शनिबार

लागूऔषध ओसारपसार गर्नेहरु पक्राउ

लागूऔषध ओसारपसार गर्नेहरु पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित ईलाम सूर्योदय नगरपालिका–१० घर भएका १९ वर्षीय सुबेक प्रधानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

झापाबाट काठमाडौं आउँदैगरेको ना.६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई सो पदार्थसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

त्यस्तै, धादिङ, बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २० केजी र नगद ४९ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । स्याङ्जा भिरकोट नगरपालिका–२ बस्ने ३५ वर्षीय प्रेम गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदैगरेको बा.२ ग १४१० नम्बरको माईक्रोलाई जाँच गर्नेक्रममा माईक्रोमा सवार गुरुङको झोलाबाट उक्त परिमाणको लागूऔषध फेलापारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

सोहीअनुसार,     दाङको राप्ती गाउँपालिका–१ पुलचोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ ग्राम ३७ मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय बिशाल थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–७ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २७ ट्याब्लेटसहित सोही नगरपालिका– ८ बस्ने २३ वर्षीय राम उजैन पासवानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्