०४ असार २०८३, बिहीबार

कृषि विकास यो क्षेत्रको अगुवा बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

कृषि विकास यो क्षेत्रको अगुवा बैंक बन्नुपर्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

बैंकको ५६ औं वार्षिकोत्वको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले अगुवा बैंकमा स्थापित हुन सक्दा बैंकले उत्पाकत्व वृद्धि गरी लगानी र रोजगारीलाई बढाउन सक्ने पनि बताए । 

‘आजको आवश्यकता बैंकको कामलाई प्रभावकारी बनाउनु हो । यसमा बैंक नेतृत्व सफल होस् । कृषि क्षेत्रको अगुवा बैंकको रुपमा यो बैंक स्थापित हुनुपर्छ’ पौडेलले भने, ‘कृषि क्षेत्रको उत्पाकत्व वृद्ध होस्, लगानी बढोस्, रोजगारी वृद्धिमा यसले मुख्य भूमिका खेलोस् भन्न चाहन्छु ।’ 

व्यावसायिक दक्षताको आधारमा अग्रणी बैंक बन्ने अठोटलाई साँचो अर्थमा बदल्न प्रभावकारी नेतृत्व र नतिजा दिन सक्ने पात्र छनोट हुनुपर्ने पनि उनले बताए ।

बैंक संचालनको लागि सक्षम पात्रको छनोट गर्ने क्रममा सरकारले बाधा होइन सहयोग र सहजीकरण गर्ने विश्वास पनि उनले दिलाए ।
 

salt training

कमेन्ट गर्नुहोस्