३२ असार २०८३, बिहीबार

पदाधिकारीसहित कमल थापा बिहानैदेखि रिसोर्ट बैठकमा

पदाधिकारीसहित कमल थापा बिहानैदेखि रिसोर्ट बैठकमा

राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टीका पदाधिकारीसहित रिसोर्टमा बिहानदेखि छलफलमा व्यस्त रहेका छन् ।

आगामी ९ र १० माघमा काठमाडौंमा हुने केन्द्रीय समिति बैठकको तयारी सम्बन्धमा छलफल गर्न राप्रपा नेपालको बैठक ओशो तपोवन छेउमा रहेको ग्रीनलिप्स भइरहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत हुने राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा,प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिवदनमाथि पदाधिकारीले टिप्पणीसहित आफ्नो धारणा राख्ने क्रम जारी रहेको बर्तौलाले जानकारी दिए । समग्रमा पार्टीलाई अघि बढाउने सन्दर्भमा अन्य विषयहरूमा पनि छलफल हुने अर्का महामन्त्री भाष्कर भद्राले जानकारी दिए ।

आगामी माघ ९ र १० गते पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्