२२ जेठ २०८३, शुक्रबार

पश्चिम नवलपरासीमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ जना घाइते

पश्चिम नवलपरासीमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ जना घाइते

पश्चिम नवलपरासीमा तीर्थ यात्रु सवार भारतीय गाडी दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्।

जिल्लाको पाल्हीनन्दन गाउँपालिका– १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफ टी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।

बसको स्टेरिङ फेल भई अनियन्त्रित हुँदा सडकबाट १० मिटर तल घोलामा पल्टिएको थियो। 

बसमा सवार ६० जना मध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय  महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।

बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान शुरू भएको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्