२७ असार २०८३, शनिबार

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने?

कात्तिक २०, २०७४
शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने?
काठमाडौं, ४ भदौ- राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग यस्तो असन्तुष्टि पोखेकी हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।top_Leaders_Meeting sital_1
आफूसँग परामर्शका लागि शनिबार बिहान शीतलनिवास आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, राहत बाँडेर बस्नुपर्ने बाध्यता छ । डुबान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ? तथ्यसहित कुरा गर्ने प्रक्रियामा जानुहोस् ।’
राष्ट्रपति भण्डारीसँगको परामर्शमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।राष्ट्रपति भण्डारीले तरार्ई÷मधेसको बाढीपहिरो, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, मुलुकको विद्यमान राजनीतिक अवस्थालगायत विषयमा नेताहरूसँग परामर्श गरेकी हुन् ।
छिमेकीले बनाएका बाँध, तटबन्ध, नहर, सडकले नेपालको दक्षिण भूभाग डुबानमा पर्ने गरेको भन्दै आफ्नो भूभागलाई डुबानबाट बचाउने नीति तय गर्नसमेत उनले शीर्ष नेतृत्वलाई आग्रह गरेकी थिइन् । ‘भारतीय तटबन्ध एवं बाँधका कारण नेपालका दक्षिणी भूभाग बर्सेनि डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याउन आग्रह गर्नुभयो’, राष्ट्रपतिलाई उद्धृत गर्दै परामर्शमा सहभागी एक नेताले भने, ‘हामी मित्र राष्ट्रहरूसँग आफ्ना समस्या राख्न किन डराइरहेका छौं ? सत्तालाई होइन राष्ट्रलाई उच्च प्राथमिकता दिनुहोस् ।’

salt training

कमेन्ट गर्नुहोस्