काठमाडौँ, ४ भदौ- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं सामुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् । मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने दरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउन लागिपरेका हुन्, कान्तिपुरमा खबर छ ।

‘गुणस्तरमा केही फरक पर्दैन, पास भएका शिक्षक मात्रै स्थायी हुने हो,’ आफूले गरेको निर्णयको बचाउ गर्दै मन्त्री श्रेष्ठले भने, ‘अस्थायी शिक्षकको मानवीय पक्ष हेरेर यस्तो निर्णय गरिएको हो ।’ उनकै पहलमा खुला प्रतिस्पर्धाबाट छानिने शिक्षकको दरबन्दीमा अस्थायीलाई स्थायी बनाउने गरी शिक्षा ऐन संशोधन विधेयक शुक्रबार संसद्मा दर्ता गरिएको छ ।