काठमाडौँ, ४ भदौ- सुडान भ्रष्टाचारको मुद्दा फैसला भएको चार महिना बितिसक्दा पनि अझै पूर्णपाठ आउन सकेको छैन । अदालतले मुद्दाको फैसला गरेको सात दिनपछि पूर्णपाठ आउनुपर्ने प्रावधान छ । १७ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो, नयाँ पत्रिकामा खबर छ ।

पूर्णपाठ नआउँदा अभियोग लागेकाहरूले पुनरावेदन गर्ने अधिकारबाट समेत वञ्चित भएका छन् । ‘सामान्यतः पूर्णपाठ नआई थुनामा राख्न मिल्दैन,’ पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले भने, ‘अभियोग लागेकालाई पुनरावलोकन गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।’