२२ जेठ २०८३, शुक्रबार

फिल्मको जस्तो दृश्य : रेलको डब्बा नै घरमा बजारिन आइपुग्यो

कात्तिक २०, २०७४
फिल्मको जस्तो दृश्य : रेलको डब्बा नै घरमा बजारिन आइपुग्यो

काठमाडौं, ४ भदौ — भारतको खतौलीमा २३ जनाको ज्यान जाने गरी भएको रेल दुर्घटनाले यात्रुहरूलाई मात्र समस्या पारेको नभई रेलवे ट्र्याकनजिकका घरहरूमा क्षति पु–याएको छ ।


कलिंग–उत्कल एक्सप्रेसको एस–५ डिब्बा धेरै माथि उफ्रेर एउटा इन्टर कलेज र धेरै भवनहरूनजिक खस्न पुग्यो । इन्टर कलेजमा धेरै नोक्सानी भने भएन ।

पिन्टू चौधरी नामक एक किसानको घरमा एस–२ डब्बा खस्दा उसको घरमा चाहिँ धेरै क्षति पुगेको छ ।

पिन्टूले बताए, ‘म, मेरा पिता र माता ग्यालरीमा बसेका थियौं । हामीले रेल दुर्घटना प्रत्यक्ष देख्यौं । दुर्घटनामा मेरा पिताको गोडाको हाड भाँच्चियो । एउटा डिब्बा हावामा उफ्रिँदै आयो र घरभित्र घुस्यो । मेरो घर अगाडिपट्टि ध्वस्त भएको छ । भित्र अहिले पनि चिरा परेका छन् ।

पिन्टूले भने, ‘करीब साढे पाँच बजे यो दुर्घटना भयो । पुरी–हरिद्वार एक्सप्रेस खतौलीमा रोकिएन किनकि त्यहाँ उसको स्टपेज छैन । त्यसैले त्यहाँ रेलको गति तीव्र हुन्छ । डिब्बा ठ्याक्कै मेरोअघि खस्यो । मैले फिल्ममा जस्तै उडेको डिब्बा देखें ।’

पिन्टूले पहिला त पितालाई बचाए । उनी भन्छन्, ‘अँध्यारो भइसकेको थियो र धूलो उडिरहेको थियो । करीब १० मिनेटपछि धूलो हट्दा धेरै मानिस जम्मा भइसकेका थिए । उनीहरूले यात्रुको मद्दत गर्न थाले । प्रशासन त ढिलो मात्र आयो तर स्थानीय वासिन्दाहरूले मद्दत गरे ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्