२२ असार २०८३, सोमबार

सिक्री लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ

कात्तिक २०, २०७४
सिक्री लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं, ४ भदौ - काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित बाग्मती पुलमाथि सडकमा पैदलयात्रीको सिक्री लुटपाट गर्ने भक्तपुर ठिमी बस्ने कैलाली धनगढी उपमहानगरपालिका–४ का ३३ वर्षीय दिपक हमाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सडकमा हिँडिरहेकी काठमाडौ सुविधानगर बस्ने कैलालीको हसनपुर–८ की ३१ वर्षीया रोशनी अवस्थीलाई आँखामा खुर्सानीको धुलो हाली घाँटीमा लगाएको करीव १।५ तोलाको सुनको सिक्री लुटी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त वानेश्वरको प्रहरीले हमाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्