२४ जेठ २०८३, आइतबार

बाढीपीडितलाई २४ घण्टा सेवा गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

कात्तिक २०, २०७४
बाढीपीडितलाई २४ घण्टा सेवा गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
गौशाला, ४ भदौ-स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज महोत्तरी जिल्लाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा बाढीपीडितको सेवामा रहन निर्देशन दिनुभएको छ ।  

बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएको जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेर उहाँले यहाँका सबै स्वास्थ्यकर्मीलाई बाढीपीडितको उपचारमा २४सै घण्टा खट्न निर्देशन दिनुभएको हो । 

मन्त्री पोखरेलले जिल्लाका बाढीपीडितका गाउँठाउँमा चिकित्सक र औषधिसहितको टोली पुगेर जनताको स्वास्थ्यको अभिभारा उठाउन र रोग तथा महामारी फैलन नदिन पनि सुझाव दिनुभयो । 

जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारमा रहेका औषधि, आकस्मिक कक्षलगायतका स्थलगत निरीक्षणपश्चात् उहाँले चाँडै यस अस्पतालको शय्या थप्ने, भवनअनुसारको र चिकित्सक सहितको अन्य स्वास्थ्यकर्मी पठाउने प्रतिबद्धतासमेत प्रकट गर्नुभयो । 

महोत्तरी जिल्ला अस्पताल अहिले २५ शय्याको भएपनि चिकित्सकभने दुई।तीन जना मात्रै छन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्