भारत र चीनको जनसंख्या मिलाउने हो भने दुई देखि पौने तीन अरब भन्दा धेरै हुन्छ ।
यसमा पाकिस्तानको २० करोड जनसंख्या जोड्ने हो भने विश्वको ४० प्रतिशत जनसंख्या यी तीन देशमा हुन्छ । यी तीन देश परमाणु शक्ति सम्पन्न छन् र तीन देशबीच युद्धको स्थिति बनिरहेको छ । यदी यी तीन देश कुनै हालतमा परिपरमाणु युद्धमा लागे भने विश्वको करिब ४० प्रतिशत जनसंख्या खतरामा पर्न सक्छ ।
विशेषज्ञका अनुसार भारत चीनबीच युद्धको स्थितिमा सायद पाकिस्तान तटस्थ रहने छैन । यस्तोमा उसको भूमिका निकै महत्वपूर्ण हुने छ ।
भारत र चीन आफ्नो परमाणु सिद्धान्तका कारण परमाणु हतियार पहिला प्रयोग नगर्ने नीतिको पालन गर्नेछन् । यसको मतलव युद्धका बीच यदी एक देश परमाणु हतियारको प्रयोग गर्छ भने दोस्रो देशले पनि गर्ने छ । तर पछिल्लो वर्ष नोभेम्बरमा भारतका तत्कालीन रक्षा मन्त्री मनोहर परिंकरले भनेका थिएकी भारतको परमाणु हतियारको मामलामा नो फस्ट युजको नीतिमाथि फेरि विचार गर्न आवश्यक छ ।
परिकरले भनेका थिए कि भारत एक जिम्मेवार परमाणु शक्ति सम्पन्न देश हो र यसको प्रयोग गैरजिम्मेवारीका साथ गर्ने छैन । तर उनले भनेका थिए कि उनको यो निजी विचार हो र भारतको परमाणु नीतिमा कुनै परिवर्तन भएको छैन । परिकरले यो भनाइ पाकिस्तानसँग बढिरहेको तनावकाबीच भनेका थिए । यस साल १६ जुनबाट भारत र चीनकाबीच भूटानमा डोकलाम सीमामा तनाव भएको थियो । चीनको सरकारी मिडियाले युद्ध को धम्की दिइरहेको भारतीय सञ्चार माध्यमहरुले बताइरहेका छन् ।
भारतले सेप्टेम्बर २०१६ मा अग्नि भी मिसाइलको सफल परिक्षण गरेको थियो ।
यो मिसाइलमा परमाणु हतियार लैजाने क्षमता छ र चीनको कयौं सहरलाई सजिलै निशाना बनाउँन सकिन्छ । चीनसँग पहिलेदेखिनै यस्तै खालका मिसाइल छन् । विश्वभर कति छन् मिसाइल ?
फेडरेशन अफ अमेरिकन साइन्टिस्टको रिपोर्टका अनुसार शीत युद्धपछि परमाणु हतियारको संख्या निकै गिरावट आएको थियो । यस रिपोर्टका अनुसार १९८६ मा विश्वभरमा करिब ७० हजार परमाणु हतियार थिए । जो २०१७को शुरुवातमा १४ हजार ९०० भएको छ ।
विश्वभरको कुल परमाणु हतियारको ९३ प्रतिशत हतियार रुससँग तथा अमेरिकासँग छ । रुस र अमेरिका दुवैको नियन्त्रणमा ४ हजार ५ सय परमाणु हतियार छ ।
रिपोर्टका अनुसार अमेरिका रुस र बेलायतले आफ्नो परमाणु हतियारमा कमी गरिरहेका छन् । तर पछिल्लो २५ सालको तुलनामा यो संख्या निकै कम छ ।
फ्रान्स र इजरायलसँग परमाणु हतियारको संख्या लगभल स्थिर छ । रिपोर्टका अनुसार चीन, पाकिस्तान, उत्तर कोरिया र भारत परमाणु हतियारको संख्यामा बढोत्तरी गरिरहेका छन् ।
फेरेडेशन अफ अमेरिकन साइन्टिस्ट का अनुसार सवै परमाणु शक्ति सम्पन्न देशले आफ्नो परमाणु हतियारलाई आधुनिकिकरण गर्दै छन् ।
वास्तवमा कुन देशसँग कति परमाणु हतियार छ यो निकै गोप्य विषय हो । एफएएसका अनुसार यी सवै गोपनीयताका बीच पनि उनले विभिन्न आधारमा गरेको अनुमानमा रुससँग सवैभन्दा धेरै परमाणु हतियार छ । तस्वीर बीबीसी हिन्दीबाट
उसँग सवै गरेर ७ हजार परमाणु हतियार छ भने अमेरिकासँग ६ हजार ८ सय फ्रान्ससँग ३ सय चीनसँग २ सय ७०, बेलायतसँग २ सय १५ इजरायलसँग ८० पाकिस्तानसँग १२० देखि १३० र भारतसँग ११० देखि १२० आणविक हतियार छन् । उत्तर कोरियासँग कति हतियार छन् भन्ने उक्त अनुसन्धानमा खुलाईएको छैन ।
विशेषज्ञका अनुसार यदी चीन भारतका बीच युद्ध हुन्छ भने कुनै आधुनिक युद्धको जस्तो हुनेछ । यो युद्ध केवल जमिनमा मात्र हुने छैन यो त जमिन जल र आकाशमा पनि हुने छ ।