१५ असार २०८३, सोमबार

दिनभर भीड जम्मा गरेर मध्यरातमा एमाले नेताको मतदाता नामावली संकलन गरेको गगनको आरोप

कात्तिक २०, २०७४
दिनभर भीड जम्मा गरेर मध्यरातमा एमाले नेताको मतदाता नामावली संकलन गरेको गगनको आरोप

 

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । 

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदनलाई गराउनुभयो । 

त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारीबाहेक केही होइन भन्दै उहाँले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग गर्नुभयो । “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम ग¥यो”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।” 

शनिबार राति बूढानीलकण्ठमा स्थानीयवासीले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेका अवस्थामा नियन्त्रणमा लिएर आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो । 

बैठकमा एमालेका शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीबाट यसै साता हुनलागेको भारत भ्रमणका बेला उताबाट एकतर्फी रुपमा बनेका बाँध र तटबन्धका कारण नेपाली भूमी डुबानमा परेकाले त्यसको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसँग गम्भीर वार्ता गर्नुपर्नेमा जोड दिनुभयो । रासस 

salt training

कमेन्ट गर्नुहोस्