२४ जेठ २०८३, आइतबार

सन् २०३० सम्म स्मार्टफोन नै नचाहिने, दिमाग सिधै इन्टरनेटसँग जोडिने

चैत ७, २०७९
सन् २०३० सम्म स्मार्टफोन नै नचाहिने, दिमाग सिधै इन्टरनेटसँग जोडिने

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । 

कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो अवस्थामा स्मार्टफोनहरू आवश्यकै पर्दैन । 

स्विटजरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको प्यानलमा बोल्दै उनले सन् २०३० सम्ममा ६जीको कमर्सियल उपयोग हुन थाल्नेछ र स्मार्टफोनहरू असान्दर्भिक बन्नेछन् भने । 

स्मार्टफोन सर्वसुलभ इन्टरफेस नहुने र कतिपय कुरा मानव शरीरमा सिधै फिट गरिने लुन्डमार्कको भनाइ छ । 

सन् २०३० सम्ममा कम्प्युटिङ पावर र नेटवर्क स्पीड निकै बढ्ने प्रक्षेपण गरिएको छ । अहिले उपलब्ध नेटवर्कभन्दा त्यो १०० देखि हजार गुणा फास्ट हुनेछ ।

मानव मस्तिष्कलाई सिधै इन्टरनेटसँग जोडिनेछ । मानिसहरूले साथीलाई फोन गर्न, बत्ती बाल्न, खाना अर्डर गर्न दिमागमा सोचे पुग्छ । 

मस्तिष्कसँगै एआई अल्गोरिमहरू पनि चल्नेछन् । यसले मानिसलाई नयाँ कला सिक्न, जीवन व्यवस्थित बनाउन र कठिन कार्य गर्न समेत सहायता गर्नेछ । क्लाउड कम्प्युटिङ कुनै पनि मानिसको दिमागको एक्सटेन्सन बन्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्