२८ जेठ २०८३, बिहीबार

यो स्मार्टफोनको स्क्रीन चर्केेपछि आफैं मर्मत हुन्छ

कात्तिक २०, २०७४
यो स्मार्टफोनको स्क्रीन चर्केेपछि आफैं मर्मत हुन्छ

काठमाडौं, ४ भदौ — स्मार्टफोनको स्क्रीन चर्केपछि आफैं मर्मत हुने एउटा पेटेन्ट हालै दर्ता गरिएको छ ।


स्मार्टफोन कम्पनी मोटोरोलाले दर्ता गराएको यो पेटेन्टमा यस्तो तरिका बताइएको जसबाट चर्केेको भागमा तातो पर्नेबित्तिकै स्क्रीन आफैं ठीक हुन्छ ।

यो स्क्रीन एक विशेष किसिमको प्लास्टिकबाट बनेको हो । त्यसलाई शेप मेमोरी पलिमर नामबाट चिनिन्छ । एक निश्चित तापक्रममा पुगेपछि स्क्रीन आफैं पुरानो आकारमा पुग्छ ।

मोटोरोलाका अनुसार एक यापको माध्यमबाट प्रयोगकर्ताहरूले स्क्रीनको फुटेको भागलाई मार्क गर्न सक्छन् ।

त्यसपछि ह्यान्डसेटले त्यो भागलाई आफ्नो शक्तिले तताउँछ । वैकल्पिक रूपमा एक हीलिङ डकमा रातभरि राख्नुपर्छ वा फलाम जस्ता कुनै वस्तुलाई फोनको सतहमा लगाउनुपर्छ । यो हीलिङ प्रक्रिया सानोतिनो स्क्य्राचमा मात्र काम गर्न सक्छ ।

यो पेटेन्ट अघिल्लो हप्ता प्रकाशित गरिएको थियो तर मोटोरोला वा उसको पेरेन्ट कम्पनी लेनोभोले छिट्टै यसको प्रयोग गर्लान् जस्तो लाग्दैन ।

यो अवधारणालाई यथार्थमा परिणत गर्नका लागि कम्पनीले केही अप्ठ्याराको समाधान खोज्नुपर्छ । जस्तो, पोलिमर स्क्रीन प्रयोगकर्ताको शरीरको गर्मीले पग्लिरहेको त छैन भनी हेर्नुपर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्