११ असार २०८३, बिहीबार

२५८ सवारी साधन ट्राफिक कारबाहीमा

२५८ सवारी साधन ट्राफिक कारबाहीमा

गत मंसिरदेखि हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघ संस्था लगायतका सवारी साधन कारबाहीमा परेका हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखि अभियान सञ्चालन गरेर काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दैआएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा अभियान शुरु गरेदेखि हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदुषण चेक गरेको कार्यालयले जनाएको छ । 

यो संगै काठमाडौँको बौद्ध टुसालमा मंगलबार गरिएको प्रदुषण चेकिङकै क्रममा ८ ओटा सवारी साधन कारबाहीमा परेका छन् । ४३ वटा सवारी साधन चेक गर्नेक्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडा माइक्रो बस ४, बस २ र पिकअप २ गरी ८ ओटा सवारी साधन कारवाहीमा परेका हुन् ।  

मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गई मानव स्वास्थ्यमा समस्या पर्नुका साथै दुर्घटनाको जोखिम हुने भएकाले अभियान सञ्चालन गरेर प्रदुषण कारबाहीलाई तिब्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्