
प्रहरीले देशको विभिन्न ठाउँबाट व्यक्ति मृत अवस्थामा भेटेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कास्कीको पोखरा महानगरपालिका –५ मालेपाटन प्रगतीमार्ग बस्ने ५१ वर्षीय जयलाल बराल आफ्नै घरमा मंगलबार मृत अवस्थामा भेटिए ।
त्यस्तै, तनहुँको भानु नगरपालिका –१ साल बिस्ने बस्ने ५० वर्षीय मनबहादुर आले सोही ठाउँस्थित मर्याङदी नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोहीअनुसार सल्यानको छत्रेश्वरि गाउँपालिका–७ तुषारे बस्ने मित्रलाल रानाको घरमा बर्दिया बाँसगढी नगपालिका –८ ककौरा बस्ने ६७ वर्षीय रामबहादुर बिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच, ओखलढुंगाको चिसंखुगढी गाउँपालिका –६ भदौरे बस्ने २५ वर्षीय लालबहादुर बम सोही गाउँपालिका –६ कटहरेबेशीस्थित ठोट्ने खोलाको झोलुङ्गे पुलमुनि मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबार घरबाट हिडेपछि हराई बेपत्ता भएका उनको खोजी गर्नेक्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मकवानपुरको हेटौडा उपमहानगरपालिका –१८ गुम्बा डाँडामुनि रहेको खोल्सामा नाम, थर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोहीअनुसार मनाङको चामे गाउँपालिका –४ नयाँबजारमा पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच मोरङको सुन्दरहरैचा नगरपालिका–९ स्थित सिस्नो घारीमा पहिचान नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको छ । घटनाको अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।