
सोलुखुम्बुको सदरमुकाम सल्लेरीको दोर्पुबजारदेखि देखिएको नुम्बुर हिमाल । नुम्बुर नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो । यसको उचाइ ६,९५८ मिटर रहेको छ । नुम्बुर हिमाल सगरमाथाबाट ४३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ । यस हिमालको फेदमा दुधकुन्ड रहेको छ । दुधकुन्ड दुधकोशी नदीको मुहान हो ।
दुधकुन्ड भने चार हजार ६ सय मिटरको उचाइमा रहेको छ । दुधकुण्डमा हरेक भाद्र जनैपूर्णीमामा मेला लाग्नेगरेको छ । सदरमुकाम सल्लेरीदेखि यो हिमाल पुग्न पैदल तीनदेखि ४ दिनसम्म लाग्नेगरेको दोर्पुबजारमा नुमा खाजा घर सञ्चालन गर्दैआएकी उपना राजभण्डारीले बताइन् ।