२३ जेठ २०८३, शनिबार

पोखरा विमान दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

पोखरा विमान दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।

काठमाडौं ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । 

अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलका अनुसार फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको छ । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिनेछ ।

‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया शुरू गरेका छौं,’ उनले भने ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिनेछ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्नेछ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । 

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्