२५ जेठ २०८३, सोमबार

काँकरभिट्टाबाट खोटाङ जाँदै गरेको बस दुर्घटना, सात जना घाइते

काँकरभिट्टाबाट खोटाङ जाँदै गरेको बस दुर्घटना, सात जना घाइते

काँकरभिट्टाबाट यात्रु लिएर आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।  

खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा दुर्घटना भएको हो। 

महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै दुर्घटना भएको बसमा सवार घाइते यात्रुहरूलाई जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्