२२ जेठ २०८३, शुक्रबार

पुरानो रुसी हतियार युक्रेनलाई दिन अमेरिकाले गर्‍यो दक्षिण अमेरिकी मुलुकहरूलाई आग्रह (भिडियो)

माघ ११, २०७९
पुरानो रुसी हतियार युक्रेनलाई दिन अमेरिकाले गर्‍यो दक्षिण अमेरिकी मुलुकहरूलाई आग्रह (भिडियो)
Wojciech Grzedzinski for The Washington Post

अमेरिकाले क्युबा, निकारागुआ, भेनेजुएला र ६ अन्य दक्षिण अमेरिकी मुलुकहरूलाई आफूसँग भएको पुरानो रुसी हतियार युक्रेनलाई उपलब्ध गराउन आग्रह गरेको छ । 

त्यसको साटो अमेरिकाले आफ्ना अत्याधुनिक हतियार उनीहरूलाई दिने प्रतिज्ञा गरेको छ । 

एटलान्टिक काउन्सिललाई गत साता अन्तर्वार्ता दिँदै अमेरिकी सेनाको दक्षिणी कमान्डकी कमान्डर जनरल लाउरा रिचार्डसनले यो कुरा गरेकी हुन् । 

युक्रेनी सेनालाई पुरानो सोभियतकालीन हतियार चलाउन सजिलो लाग्ने हुनाले अमेरिकाले संसारका विभिन्न मुलुकबाट त्यस्ता हतियार बटुल्ने प्रयास गरिरहेको छ । 

उक्त अन्तर्वार्तामा रिचार्डसनले दक्षिण अमेरिकी मुलुकहरूसँग अमेरिकाको व्यापारका विषयमा पनि चर्चा गरेकी थिइन् । अमेजन नदीको ताजा पानी लगायतका आर्थिक स्रोतमा अमेरिकाको दाबीका बारेमा पनि उनले कुरा राखेकी थिइन् । 

उक्त क्षेत्र प्राकृतिक स्रोतमा धनी भएको र अमेरिकालाई त्यो स्रोत चाहिएको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्