२१ जेठ २०८३, बिहीबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सूर्या तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन्। 

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रियाका क्रममा गएको असार १३ का दिनदेखि कारोबार रोक्का रहेको थियो।

एकीकृत कारोबार सञ्चालन भइसकेकाले शेयर सूचीकरणसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोवार सुचारु भएको हो।

नेपाल स्टक एक्सचेन्जले ओपनिङ प्राइस ३७१.५९ रुपयाँ तोकिएको छ ।

साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर संरचना संस्थापक समूहअन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ३० प्रतिशत रहेको छ।

कम्पनीको साधारण सभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त भएअनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम ९१० मा रहेको ब्यवस्थाबमोजिम यथावत रहने गरी कम्पनीको पुँजी संरचना संस्थापक समूहअन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूहअन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको छ ।

साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर हुँदा शेयर स्वाप अनुपात १०० :०.८२४५ अर्थात् साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १ कित्ता शेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको छ।

सोहीबमोजिम शेयरधनीहरूको नाममा शेयर कित्ता कायम भएको पनि जनाइएको छ।

सूर्या र ज्योतिबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरपश्चात् बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१:२०१५ बाट सम्मानित भइसकेको छ ।

हाल कम्पनीको चु्क्ता पुँजी ४.५४ अर्ब रहको र कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्