२५ जेठ २०८३, सोमबार

‘ह्यारीकी प्यारी’को नयाँ गीत : जितु र साम्राज्ञीबीचको प्रेमभाव बोल्ने ‘मिठो मिठो’

‘ह्यारीकी प्यारी’को नयाँ गीत : जितु र साम्राज्ञीबीचको प्रेमभाव बोल्ने ‘मिठो मिठो’

यही माघ २० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ह्यारीकी प्यारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । 

बुधवार सौरभ दास र देवाञ्जली जोशीको स्वरमा ‘मीठो मीठो’ बोलको प्रेमगीत सार्वजनिक भएको हो । चलचित्रका निर्देशक डा. कपिल रिजालको शब्द रचना रहेको गीतमा युग भुसालको संगीत छ  । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् । उनीहरुबीचको प्रेम भाव गीतले बोलेको छ । 

डा. भोला रिजाल निर्माता रहेको ‘ह्यारीकी प्यारी’मा जितु र साम्राज्ञीसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौड्याल, रञ्जना भट्टराई लगायतको पनि अभिनय छ ।

चलचित्रमा रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

रोमान्टिक कमेडी जनरामा चलचित्र निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्