नेशनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने निर्णय गरेको हो ।
प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्यासंस्कार इन्टरनेशनल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, वृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेशनल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुल गरी १२ टोलीको सहभागिता रहनेछ ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । बास्केट बलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेशनल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेशनल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेशनल स्कुल गरी ११ टोलीको सहभागिता छ ।