
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेकि छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ स्थायी बासिन्दा २७ वर्षीया सीता लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगञ्जबाट खटेको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको जनाएको छ ।
लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माई चितवन साविक पिठुवा गाबिस–७ माधवपुरस्थित धानखेतको कुलोमा वेवारिसे अवस्थामा फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो । कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले उनीउपर सो फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।