२८ जेठ २०८३, बिहीबार

‘राजपाका सयौं नेता माओवादी प्रवेश गर्दैछन्’

कात्तिक २०, २०७४
‘राजपाका सयौं नेता माओवादी प्रवेश गर्दैछन्’
काठमाडौं ४ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट अलग भएका मोहन बैद्य, डा बाबुराम भट्टराइ र नेत्रविक्रम चन्द्र ‘विप्लव’ माओवादी केन्द्र मै फर्किने दाबी गरेका छन् ।

नयाँ शक्ति परित्याग गरेका रामचन्द्र झा, रामकुमार शर्मा लगायतका नेतालाई पार्टी प्रवेश गराउन आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले ढिलो चाँडो बाबुराम माओवादीमै फर्किने बताएका हुन् ।

‘ढिलो चाडो बाबुरामजी पनि माओवादीमै फर्किनु हुन्छ, फर्किनु भएन भने उहाँसंग केही पनि रहँदैन’ प्रचण्डले भने, ‘वैद्यजीको पनि त्यही हो र विप्लव जीको पनि त्यही हो ।’

विगतमा माओवादी विभाजनको तितो व्यहोरेको र अहिले एकताको मिठास शुरु भएको प्रचण्डले दावी गरे । प्रचण्डले मधेस केन्द्रित राजपा नेताहरु माओवादी प्रवेश गर्न लागेको र केही दिनमा ठूलो संख्यामा पार्टी प्रवेशको कार्यक्रम बनिसकेको दावी गरे ।

‘दुई नम्बर प्रदेशमा माओवादी एक नम्बर पार्टी बन्ने आधार तयार भइसक्यो, अहिलै बधाई भन्न चाहन्छु’ प्रचण्डले भने, ‘सर्लाही, रौतहट र बारामा राजपासंग सम्बन्धित नेताहरु सयौ कार्यकर्ता लिएर आउँदै हुनुहुन्छ ।’

टिकट वितरण र चुनावी अभियान सही ढंगले तयार भएमा प्रदेश नम्बर दुईमा माओवादी पहिलो पार्टी बन्ने आधार तयार भइसकेको प्रचण्डले दावी गरे । ‘दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने आधार तयार भइ नै सक्यो, मधेसबाट नयाँ उर्जा प्राप्त हुने वाला छ’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्